अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो : पूर्वराजा ज्ञानेन्द्र

डिसी नेपाल
२३ असार २०८२ १३:५१
32
Shares

काठमाडाैं। पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्।

सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले आफुलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिँदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका हुन्।

उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख गर्दै नेपाल नै सवैको मनमा भए नेपाली हुनसक्ने जिकिर गरे।

उनले भने, ‘अहिलेको समय वर्षको समय हो। वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ। पानीजन्य बिरामीहरु पनि हुन्छ। त्यसैले सबै दिदीबहिनी दाजुभाईहरुलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ।’

साथै शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए। उनले. नेपाल नै हामीभित्र भए मात्रै हामी सबै नेपाली हुने बताए।

उनले भने, ‘यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो। हामी नेपालमा मात्रै जन्मिएर नेपाली हुने होइन। नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्रै हामी नेपाली हुन्छौं।’

उनको जन्मोत्सव कार्यक्रममा पूर्वराजापरिवारका सदस्यका साथै आफन्तजनको बाक्लो सहभागिता थियो। उनलाई शुभकामना दिनका लागि पुष्पगुच्छा बोकेर राजावादी दल राप्रपाका साथै अन्य राजाजादी संघ–संगठन तथा राजावादी सर्वसाधारण पनि निर्मल निवास पुगेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *