राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार
काठमाडौं। भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले सोमबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए। उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन्।
रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिए। सांसद झाले भिजिट भिसा प्रकरणको छानविनमा रास्वपाको अडान कायमै रहेको बताए।
भिजिट भिसा प्रकरण समाधान नहुदै संसदीय अभ्यासमा कलंकीत हुने गरि संघीय निजामती सेवा विधेयकमाथि छेडखानी भएको उनले बताए। झाले निजामती सेवा विधेयकको छानविनका लागि बन्ने संसदीय समितिमा आफूहरुको सहमति भएपनि विवाद भएको व्यक्तिको दललाई नै समितिको नेतृत्व गर्न दिनु उचित नभएको जिकिर गरे।
त्यस्तै राप्रपाका सांसद दिपक बहादुर सिंहले भिजिट भिसा प्रकरणको छानविन गर्न माग गर्दै लामो समयदेखि सदनमा अवरोध भएपनि जवरजस्ती सदन चलाइएको भन्दै आपत्ति जनाए
। उनले आफूहरुको विरोधकाबीच सदन नचलाउन आग्रह समेत गरे। विरोधकाबीच सभामुख घिमिरेले सदनको कार्यसूची अघि बढाएपछि रास्वपाका सांसदहरुले सदन बहिष्कार गरेका छन्।







डिसी नेपाल








Facebook Comment