पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने

डिसी नेपाल
२३ असार २०८२ २१:०३
68
Shares

लिस्बन (पोर्चुगल)। युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने भएको छ।

धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलको आयोजनामा यही जुलाई १३ तारिखका दिनदेखि दोस्रो बुढासुब्बा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली क्लब तथा खेलाडीहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ।

खेलकुदको माध्यमबाट युरोपका नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संयोजक अरुण राईले राससलाई जानकारी दिए। प्रतियोगिताका विजेताले मेडल, प्रमाणपत्र र उपाधिसहित नगद पाँच हजार युरो हात पार्नेछन् भने उपविजेताले दुई हजार ५०० युरोसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागततर्फका उत्कृष्ट खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ।

लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न मुलुकबाट गरी २० टिमको सहभागिता रहने संयोजक राईले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *