नेपाल प्रिमियर लिगका प्रमुख अम्पायर शिनवारीको ४१ वर्षको उमेरमा निधन

डिसी नेपाल
२४ असार २०८२ ११:३०
496
Shares

काठमाडौं । नेपाल प्रिमियर लिगको अम्यारिङ प्यानलका प्रमुख सदस्य रहेका अन्तर्राष्ट्रिय अम्पायर बिस्मिल्लाह जन शिनवारीको ४१ वर्षको उमेरमा निधन भएको छ । अफगानिस्तानका नागरिक रहेका उनीे लामो समयदेखि बिरामी रहेको र आज उनको निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

आइसीसीका अन्तर्राष्ट्रिय अम्पायर शिनवारीले आफ्नो करिअरमा ३४ एकदिवसीय र २६ टि–२० अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गरेका थिए । उनी नेपाल प्रिमियर लिगको पहिलो सिजनमा पनि प्रमुख अम्यापरमध्ये एक थिए ।

उनी एनपीएलको फाइनलमा जनकपुर र सुदूरपश्चिमबीचको खेलमा पनि अन फिल्ड अम्पायर थिए । उनको निधनप्रति नेपाल प्रिमियर लिगले पनि समवेदना व्यक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.