बागमती प्रदेश स्तरीय खुल्ला तेक्वान्दो असार २६ गतेदेखि

डिसी नेपाल
२४ असार २०८२ १३:४८
8
Shares

काठमाडौं । चौथो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ आउँदो असार २६ गतेदेखि २८ गतेसम्म काठमाडौमा हुन गइरहेको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा जिल्ला समन्वय समिति काठमाडौले तारकेश्वर नगरपालिका धर्मस्थली, काठमाडौमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

सोही क्रममा उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वस्थ, अनुशासित खेलाडी निर्माण गर्नको लागि खेल जगतले ठूलो भूमिका खेल्ने भन्दै अहिले खेललाई सबैले बुझ्न थालेको बताए।

उनले भने, ‘स्वस्थ, अनुशासित खेलाडी निर्माण गर्नको लागि खेल जगतले ठूलो भूमिका छ। खेलको महत्व सबैले बुझ्नुपर्छ। खेलाडी, कोचहरुदेखि सबैले यो खेलको जगतमा जति काम गर्नुभएको छ त्यो एकदमै राम्रो हुन्छ। नेपाली समाजमा खेलप्रति फरक धारणा विकास हुदैँ गएको देखिन्छ। पहिला खेल भन्ने वित्तिकै परिवारले खेलेर के पाइन्छ भन्ने जस्तो कुरा गर्ने गरेका थिए भने अहिले खेलकोमार्फत राष्ट्रलाई चिनाउन सकिन्छ भन्ने कुरा सबैले बुझ्नु भएको छ।’

साथै, उनले खेलाडीहरुलाई यसरी पुरस्कृत गरेर प्रोत्साहन गर्ने जस्तो काम बहुदलीय व्यवस्थाबाट नै आएको भन्दै केही भएन केही भएको छैन् भन्ने कुरा गलत भएको बताए।

खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेश स्तरीय खुला तेक्वान्दो लिग सञ्चालन गरिएको छ।
वर्षमा चार पटक आयोजना हुने लिगबाट खेलाडीको वरीयता निर्धारण गरिनेछ। खेलाडीको वरीयता निर्धारणसहित तेक्वान्दो प्रतियोगिता नेपालमा जिल्ला समन्वय समिति काठमाडौले शुरुवात गरेको छ।

लिग हरेक तीन÷तीन महिनामा सञ्चालन गर्दै आइरहेका छौ। जसमा प्रथम वागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८१ माद्र १ गते र २ गते नागार्जुन कवर्डहल, स्युचाटारमा सम्पन्न भएको थियो, दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८१ पुष १९ र २० गते टोखा नगरपालिका वडा नं. ५ समाज भवनमा सम्पन्न भएको थियो।

तेस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ बैशाख १७ र १८ गते बुढानीलकण्ठ नगरपालिका वडा नं. ८. गोल्फुटार बास्केटबल कोर्टमा सम्पन्न भएको थियो।

पहिलो पटक नेपालले तेक्वान्दो खेलमा बरियतासहितको खेलाडी पाउने छ।

जिल्ला समन्वय समितिको घोषणा कार्यक्रम अनुसार उत्कृष्ट महिला एक तथा पुरुष एकले काठमाडौं जिल्ला समन्वय समितिको तर्फबाट एक, एकवटा ई–स्कुटर पाउने छन् भने अन्य प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुलाई प्रथम रु. १५ हजार, द्वितिय १० हजार र तृतिय स्थान हासील गर्ने दुईजना लाई ५÷५ हजार नगद पुरस्कार १० वटै तौल समूहलाई प्रदान गरिने छ।

लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी जम्मा १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषमा (४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८) केजी तौल समूहहरु साथै महिलामा (४०–४३, ४३–४६, ४६–४९, ४९–५२ र ५३–५०) केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

लिगमा पहिलो हुने खेलाडीले १० अंक, दोस्रोले ७ अंक, तेस्रो हुनेले ३ अंक र प्रत्येक खेल विजेताले १ अंक पाउने छन्।

हरेक लिगका प्रत्येक तौल समूहका पदक विजेताका हकमा जिल्ला बाहिरका खेलाडीहरुलाई खान, बस्न र यातायात लगायतका खर्च जिल्ला समन्वय समिति काठमाण्डौले व्यवस्थापन गर्नेछ। हरेक लिगका विजेतालाई पदक तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.