‘रसुवामा निर्माणाधीन सुख्खा बन्दरगाहमा पुगेको क्षतिको विवरण आउन बाँकी छ’

डिसी नेपाल
२४ असार २०८२ १६:५५
28
Shares

काठमाडौं। उद्योग, वाणिज्य तथा तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन्।

मन्त्रालयगत प्रश्नोत्तरको उत्तर दिने क्रममा उनले रसुवामा आएको बाढीले निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति पुर्‍याएको बताए। उनले भने, ‘उक्त बन्दरगाहमा झन्डै ७५ प्रतिशत काम सम्पन्न भइसकेको थियो। हाल क्षतिग्रस्त छ। चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको थियो, कति क्षति भयो भन्ने विवरण अहिलेसम्म आएको छैन। उक्त बन्दरगाह पछि सञ्चालन गर्न फेरी चीन सरकारसँग आग्रह गर्नेछौँ।’

गएराति रसुवामा आएको बाढीले त्यहाँ राखिएका विद्युतीय सवारी साधन बगाएको छभने बाढीमा १८ जना बेपत्ता रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *