मधेस प्रदेश सरकारबाट नागरिक उन्मुक्तिले लियो समर्थन फिर्ता

डिसी नेपाल
२४ असार २०८२ १७:४२
80
Shares

जनकपुर । मधेश प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ।

मंगलबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका समानुपातिक सांसद उर्मिला देवी सिंहले आफ्नो पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुख रामचन्द्र मण्डललाई जानकारी गराएकी छन्।

सांसद सिंहले बजेटमा बिचौलिया हाबी भएको र त्यस्को आफूसँग प्रमाण समेत रहेको दाबी गरेकी छन्। उनले मधेश प्रदेशमा धेरै भ्रष्टाचार भएको आरोप समेत लगाएकी छन्। उनले आफ्नो गाउँमा चलिरहेको योजनाको काममा बिचोलियाले आएर गर्दै गरेको दाबी गरेकी छन्। सुखी मधेश समृद्ध मधेश हुनुको साटो सबै माननीय सांसद र मधेश प्रदेशको जनता अहिलेको बजेटले दुखी भएको उनको आरोप छ।

सांसद सिंहले सभामुखलाई अभिभावकको भूमिका निर्वाह गर्दै सबै सांसदहरुको भावनालाई बुझेर कुनै नतिजामा पुग्न आग्रह गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *