टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह-२ मा

डिसी नेपाल
२६ असार २०८२ १४:४५
1.4k
Shares

काठमाडौं। आईसीसी टी-२० विश्वकप इस्ट एसिया-प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन्।

तालिकाअनुसार अक्टोबर ८ देखि ओमानमा हुने प्रतियोगितामा नेपाल समूह-२ मा परेको छ। यो समूहमा नेपालसँगै कुवेत र जापान छन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ८ मै कुवेतसँग खेल्नेछ। यसपछि नेपालले अक्टोबर १० मा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.