पहिरोमा बेपत्ता बालकको शव भेटियो

डिसी नेपाल
२६ असार २०८२ १७:४३
48
Shares

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ।

घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो। उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधी र स्थानीयवासीको संयुक्त टोलीले बिकको शव फेला पारेका मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए।

उक्त पहिरोमा पुरिएर सरोजका बुवा ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो। घर नजिकैको पाखामा दिउँसो घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर उनिहरुलाई पुरेको प्रहरी निरीक्षक सागर पौडेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *