ट्रफि विजेता खेलाडी र प्रशिक्षक सम्मानित

डिसी नेपाल
२६ असार २०८२ १८:५७
40
Shares

घोराही (दाङ)। जिल्ला क्रिकेट संघ दाङले एसिसी पुरुष यु–१६ इस्टर्न जोन कप विजेता नेपाली टोलीका सदस्य शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई घोराहीमा सम्मानित गरेको छ।

विजेता टोलीका महत्वपूर्ण सदस्य लमही नगरपालिका–५ का खनाल र सहायक प्रशिक्षक घोराही उपमहानगरपालिका–१३ का क्षेत्रीलाई घोराहीमा आज आयोजित कार्यक्रममा सम्मान गरेको हो। त्यसअघि दुवैजना सम्मिलित विजयी र्‍याली निकालिएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेलाडीको हौसला बढाउन र खेल भावनाको विकास गर्न खेलाडीलाई सम्मान आवश्यक रहेको बताए। जिल्लामा खेलाडी उत्पादनको राम्रो सम्भावना रहेको संघका जिल्ला अध्यक्ष प्रदिप मजगैयाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.