मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यु

डिसी नेपाल
२६ असार २०८२ २१:३२
20
Shares

गोरखा। मनास्लु पदमार्गमा लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका–३ फिलिमका ३५ वर्षीय थरपुन गुरुङ रहेका छन्।

गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी चुमनुब्री–४ नाम्रुङस्थित एउटा स्याउ बगैँचामा काम गर्दैआएका थिए।

स्याउ बगैँचाबाट घर जान्छु भनी हिँडेका गुरुङ लार्केस्थित मनास्लु पदमार्गमा मृत फेला परेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *