लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

डिसी नेपाल
२७ असार २०८२ १४:०७
9.6k
Shares

काठमाडौं । आयरल्याण्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा पाँच बलमा पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्। उनले आयरल्याण्डको अन्तर-प्रान्तीय टी-२० ट्रफीमा मुन्स्टर रेड्सका लागि खेल्दै नर्थ-वेस्ट वारियर्स विरुद्ध २.३ ओभरमा १६ रन दिएर ५ विकेट लिएर यो उपलब्धि हासिल गरेका हुन् ।

मुन्स्टर रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा पाँच विकेट लिएपछि १८९ रनको लक्ष्य पछ्याएको वारियर्स ८७ बलमा ८८ रन बनाउँदा अलआउट भयो। क्याम्फरले १२ औं ओँरको पाँचौं बलमा जेरेड विल्सनलाई बोल्ड गरे, अर्को बलमा उनले ग्राहम ह्युम ब्याकफुटमा एलबीडब्ल्यू आउट गरे । ओभर सकियो ।

लगत्तै क्याम्फर १४ औं ओभर बलिङ गर्न आए । पहिलो बलमा उनले एन्डी म्याकब्राइनलाई क्याच आउट गराउँदै ह्याट्रिक पूरा गरे । लगत्तैको अर्को बलमा उनले रोबी मिलरलाई विकेटकिपरको हातबाट क्याच आउट गराए । त्यसपछि अन्तिम विकेटको रूपमा जोश विल्सनलाई बोल्ड गर्दै क्याम्फरले ५ बलमा ५ विकेटको अभूतपूर्व उपलब्धि पूरा गरे । यससँगै नर्थ-वेस्ट वारियर्स अलआउट भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.