बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन। पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–१३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको आज मृत्यु भएको हो।
मृतकसहित तीन जना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि आज बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो।
खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment