भानु जयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
काठमाडौं। भानु जयन्तीकाे अवसर पारेर भानुभक्त आचार्यकै नाममा स्थापित भानुभक्त मेमोरियल विद्यालयले एसइई उत्तीर्ण विद्यार्थीको बिदाइ कार्यक्रम गरेको छ। आइतबार साँझ एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। परीक्षामा उच्च अंक प्राप्त गर्न सफल नौ जना विद्यार्थीलाई भने विशेष सम्मान गरियो।
उच्च अंक ल्याएर विशेष सम्मानित हुने विद्यार्थीहरूमा आसरा प्रधान, बेन्सी रावत, सब्रिना वाग्ले, दिया सुवेदी, आयुषा बुढाथोकी, सर्भिका सुवेदी, जेनिसा घिमिरे, अनुजा अमगाईं र ईश्वरा आचार्य रहेका छन्।
कार्यक्रममा अभिभावक प्रतिनिधि निरञ्जन पौडेलले एसइई परीक्षामा विद्यार्थीले राम्रो नजिता ल्याउन सफल भएको भन्दै स्कुलका शिक्षक र विद्यार्थीको प्रसंसा गरेका थिए। उनले आगामी दिनमा विद्यालयको भौतिक संरचना र शैक्षिक प्रतगि राम्रो हुँदै जाने विश्वास व्यक्त गरे।
सो अवसरमा स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ। उपेन्द्र देवकोटा फाउण्डेशनको सहकार्यमा संचालन गरिएको स्वास्थ्य शिविरबाट १२६ जना लाभान्वित भएका थिए।
यसैगरी भानु जयन्तीकै अवसर पारेर विद्यालय प्रांगणमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको ब्लड बैंकको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक ईश्वरी ढुङ्गानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संयोजन सुरज कार्कीले गरेका थिए भने कार्यक्रमलाई अन्जु मैनाली र दीपेन्द्र पोखरेलले सञ्चालन गरेका थिए।
कार्यक्रममा अभिभावकको तर्फबाट गंगा सुवेदीले मन्तव्य राख्दै विद्यालयले विद्यार्थीको प्रतिभालाई कदर गरेकोमा खुसी व्यक्त गरेकी थिइन्।
त्यसअघि भानुभक्तको सम्मानमा प्रभातफेरी कार्यक्रम पनि गरिएको थियो। उक्त प्रभातफेरी नेपाल स्काउट भवन लैनचौरदेखि सुरु भई पानीपोखरी स्थित विद्यालय परिसरसम्म पुगेको थियो। प्रभातफेरीमा सहभागी सयौं विद्यार्थीले विभिन्न पोसाकमा सजिएर, भानुभक्त बनेर तथा उनका रचनाहरू पाठ गर्दै विद्यालयसम्म पुगेका थिए।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्व आपूर्ति तथा वाणिज्य राज्यमन्त्री राजेशकाजी श्रेष्ठ उपस्थित थिए। प्रभातफेरी कार्यक्रम विद्यालयको प्राङ्गणमा रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरी समाप्त भएको थियो।













डिसी नेपाल








Facebook Comment