केदारमान थाइल्यान्ड जाँदै
काठमाडौं। विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपको १२ औं संस्करणमा सहभागी हुन केदारमान स्थापित आज थाइल्यान्डको पटाया जाँदै छन्।
असार ३२ देखि साउन ३ गतेसम्म हुने प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्।
उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment