मिटर ब्याज असुली धन्दामा संलग्न राजकुमार बराल पक्राउ

डिसी नेपाल
३१ असार २०८२ १४:२२
1.1k
Shares

काठमाडौं । मिटर ब्याजका माध्यमबाट चर्को रकम असुली धन्दामा संलग्न राजकुमार बराललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सिन्धुली घर भएका राजकुमार बराललाई पक्राउ गरेको हो।

बरालले धेरै व्यक्तिलाई महंगो ब्याजमा करोडौं लगानी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई अपराधिक लाभ मुद्दामा सोमबार डिल्लीबजारबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बरालले केही समय अगाडि ठेकदार मनोज भेटवालविरुद्ध उजुरी दिएका थिए। सोही आधारमा भेटवाल पक्राउ परेका थिए।

पछि भेटवालले आफूलाई बरालले नै मिटरब्याजमा पैसा लगाएको बताउँदै मिटरब्याजको उजुरी दिएका थिए। भेटवाल भने छुटिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *