पूर्वाञ्चल विश्वविद्यालयसभाः एक अर्ब ७० करोड बजेट स्वीकृत

डिसी नेपाल
३१ असार २०८२ १५:४०
28
Shares

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार बराबरको बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको सभामा रजिष्ट्रार प्राडा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ का प्रस्तावित आयव्यय विवरण स्वीकृत भएको हो।

सभाले उपकुलपति प्राडा बिजुुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको छ। सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित ‘एमबिबिएस’ कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखेको छ।

प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष प्रारम्भ हुनुपूर्व नै सबै विश्वविद्यालयका सभा आयोजना भई बजेट स्वीकृतिको क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *