लुम्बिनी लायन्सको सिइओमा भावना घिमिरे नियुक्त
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ।
लुम्बिनीले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी घिमिरेलाई सिइओको रूपमा नियुक्त गरेकोमा गर्व व्यक्त गरेको छ।
पूर्वक्यान सिइओसमेत रहेकी घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन्। आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन्।
यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने तथा खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने लुम्बिनी लायन्सले विश्वास लिएको छ।
भावना घिमिरेको नियुक्तिको विषयमा आफ्नो प्रतिक्रिया दिँदै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, ‘हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं। उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने मलाई लागेको छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment