अवैध लागूऔषध सहित ६ जना पक्राउ

डिसी नेपाल
३२ असार २०८२ १८:५७
108
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२७ स्थित एक होटलबाट अवैध लागूऔषध एम्फेटामाईन १ सय ५५ ग्राम सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट म्यागङ गाउँपालिका-३ घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दिपेन्द्र तामाङ, बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २९ वर्षीय उग्रेन लामा र २७ वर्षीय उमेश भोलोन रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-१७ साकेला थानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ६० ट्याब्लेट र डिकोलिक ८ सय ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २४ वर्षीय अंकित राई र सोही उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय भरत मगर रहेका छन्। अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *