खेल संघका पदाधिकारीसँगको अन्तरक्रिया सम्पन्न

डिसी नेपाल
३२ असार २०८२ १९:५८
80
Shares

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल संघ/महासंघका पदाधिकारीसँगको अन्तरक्रिया सम्पन्न भएको छ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बुधबार सम्पन्न कार्यक्रममा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानूनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए।

राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल संघका आर्थिक श्रोत, अन्तर्राष्ट्रिय संघ÷महासंघबाट प्राप्त सहयोग, प्रायोजन, टिकट विक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ र लाइसेन्स विवरण, भौतिक संरचना तथा बजेट बारे कार्यपत्र पेश गरेका थिए।

सो क्रममा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारको बाटोमा गइरहेको बताए। उनले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा बृद्धिमा पहल गरिने धारण राखे। निजी क्षेत्रसंग सहकार्य गरी खेलकुदलाई अगाडि बढाउने बताउदै सुशासन, पारदर्शीता र सुदृढकरणमा उनले जोड दिए।

कार्यक्रमका सहभागीले दसौं राष्ट्रिय खेलकुद, खेलाडीले पाउने पुरस्कार, कर्मचारीको दरबन्दी, खेल सामाग्री, अन्तर्राष्ट्रिय एक्सपोजर, लेखा परिक्षण, पेश्की, बेरुजु, प्रशिक्षणस्थल, बजेट, खेल सामाग्रीलगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.