‘शिवा’ट्रेलर : किशोर गाउँको रक्षक, संचिता पत्रकार !

डिसी नेपाल
१७ भदौ २०७६ १५:३५

काठमाडौं। चलचित्र ‘शिवा’को पोष्टर, ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ। समाजको विकृति विसंगतिलाई प्रस्तुत गरिएको चलचित्र मंसिर २७ गतेबाट प्रदर्शनमा आउनेछ।

अभिनेता किशोर खतिवडा चलचित्रमा शिर्ष अर्थात ‘शिवा’को भूमिकामा प्रस्तुत छन्। उनले आफ्नो गाउँ बचाउन गरेको संघर्षलाई ट्रेलरमा देखाईएको छ।

त्यस्तै अभिनेत्री संचिता लुइटेल पत्रकारको भूमिकामा प्रस्तुत भएको ट्रेलरबाट आँकलन गर्न सकिन्छ।

चलचित्रमा रामकाजी घिमिरेको लेखन तथा निर्देशन छ। राजु श्रेष्ठ (ज्याक) प्रस्तुतकर्ता रहेको चलचित्रलाई मदन खत्री र शुकराज वि.क.ले निर्माण गरेका हुन्। सुनिता तामाङ र सुदर्शन बस्नेत चलचित्रको कार्यकारी निर्मातामा छन्।

चलचित्रमा किशोर र संचिताका अलावा राजु श्रेष्ठ (ज्याक), निरज महर्जन, धु्रव कोइराला, होम दवाडी, पूर्णिमा लामा, शम्भु गहतराज लगायतको अभिनय छ। विरन्द्र भट्टको छायांकन, सम्राट बस्नेतको द्धन्द्ध, राजु ढुंगानाको सम्पादन छ।

बसन्त सापकोटाको संगीत रहेको चलचित्रको गीतमा कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी छ। चलचित्रलाई श्रीराम बालाजु फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *