‘मिस युनिभर्स नेपाल’लाई प्रधानमन्त्रीले दिए शुभकामना

डिसी नेपाल
१ साउन २०८२ १४:०९
112
Shares

काठमाडौँ। सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५का लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्। अहिले पूर्वका विभिन्न ठाउँमा अडिसन भइरहेको मिस युनिभर्समा सहभागीहरूलाई प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन्।

उनले नेपाल र मुलुकको सौन्दर्य चिनाउने कुरामा यो सौन्दर्य प्रतियोगिता उपयोगी हुने विश्वास लिएका छन्।

केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिताका आयोजकलाई भेटेर शुभकामना दिएका हुन्। भेटको क्रममा आयोजक संस्था ‘ग्लोबल ग्ल्यामर भेन्चर’की संगीता पुरी, मिस युनिभर्स २०२४ विजेता सम्पदा घिमिरे लगायतको टिम थियो।

प्रधानमन्त्री ओलीले भने, ‘अन्तर्राष्ट्रियस्तरको मिस युनिभर्स प्रतियोगिताको अडिसन दमकमा आयोजना भइरहेको थाहा पाउँदा खुसी लागिरहेको छ।नेपाललाई चिनाउने, नेपालको ब्युटी चिनाउने, नेपालको ट्यालेन्ट चिनाउने, अवसर हो। यस अवसरलाई हाम्रा चेलीले राम्रोसँग सदुपयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।’

मिस युनिभर्स नेपाल २०२५ को अडिसन झापाको दमक र विराटनगरमा सम्पन्न भैसकेको छ। पूर्वका दुई ठाउँमा ४० जनाको अडिसन भएको र अब चितवन, पोखरा, बुटवल लगायतका ठाउँमा अडिसनको तयारी भइरहेको आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *