इतिहासकै सबैभन्दा महंगी महिला फुटबल खेलाडीसँग क्लवको सम्झौता

डिसी नेपाल
२ साउन २०८२ १२:४०
3.7k
Shares

काठमाडौं । क्यानडाली टोलीकी फरवार्ड ओलिभिया स्मिथ महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेकी छिन्।

उनले फुटबल क्लब आर्सनलसँग १० लाख पाउण्ड (१८ करोड रुपैयाँ) को सम्झौतामा हस्ताक्षर गरेकी छिन्। यसअघि उनी लिभरपुलसँग आबद्ध थिइन्।

२० वर्षीया स्मिथले १५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन्। अहिले उनले च्याम्पियन्स लिग होल्डर क्लब आर्सनलसँग चार वर्षको सम्झौता गरेकी छिन्।

उनको सम्झौताले जनवरीमा चेल्सीको अमेरिकी डिफेन्डर नाओमी गिर्माको सम्झौताको रेकर्ड तोडेको थियो। चेल्सी क्लबले नाओमीसँग ९ लाख पाउण्डको सम्झौता गरेको थियो।

“आर्सनलमा हस्ताक्षर गर्नु मेरो लागि गर्व र सम्मानको कुरा हो,” स्मिथले भनिन् ।

यसैबीच, आर्सनलका मुख्य प्रशिक्षक रेनी स्लेगर्सले स्मिथ एक उत्साही युवा खेलाडी भएको र उनले ठूलो योगदान दिन सक्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *