सिन्धुपाल्चोकमा मानव कंकाल फेला

डिसी नेपाल
३ साउन २०८२ ११:१८
92
Shares

काठमाडौं । सिन्धुपाल्चोकको बलेफीमा मानव कंकाल फेला परेको छ। बलेफी गाउँपालिका-६ बन्दर्वामा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ।

बेत्रावती सामुदायिक वनको जंगलमा शुक्रबार टाउकोलगायत शरीरका केही भागहरुको हड्डीसहित कपडा फेला परेको प्रहरीले जनाएको छ। नजिक रुखमा नाइलनको डोरी पनि झुण्डिएको अवस्थामा फेला परेको थियो।

उक्त कंकालको पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। कंकाल गत जेठमा हराएका सोही ठाउँका करिब ६४ वर्षीय सार्की तामाङको रहेको प्रहरीले जनाएको छ।

कपडाको आधारमा परिवारले उनको कंकाल पहिचान गरेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *