गौरीटारमा निर्माणाधीन क्रिकेट रंगशालाले लियो गति

डिसी नेपाल
३ साउन २०८२ १२:१०
76
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका६ स्थित गौरीटारमा निर्माण भइरहेको क्रिकेट रंगशालाको काम तीव्र गतिमा अघि बढिरहेको छ। बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय सहकार्यमा निर्माण भइरहेको रंगशाला आधुनिक पूर्वाधारसहितको बन्ने लक्ष्य राखिएको छ।

रंगशालामा अहिले मुख्य पिच, मैदानको संयोजन, तारबार र एक साइडको दर्शकदिर्घा (स्ट्यान्ड) निर्माण भइसकेको छ। मैदान चारैतिर घेराबार गरिएको छ भने मैदानको छेउमा हरियाली र व्यवस्थित ग्रीन आउटफिल्ड विकास भइरहेको छ।

रंगशालाको पूर्वी भागमा पिचको संरचना तयार पारिएको छ भने चारैतिर बलबाउन्ड्रीको लागि तारबारको काम पूरा भएको छ। रंगशालाको एक छेउमा आधुनिक छानावाला स्ट्यान्ड बनाइएको छ, जहाँ दर्शकहरूको बस्ने व्यवस्था छ।

मैदानको ग्रीन आउटफिल्ड सजिएको छ, पृष्ठभूमिमा पहाड र हरियालीले दृश्यलाई अझ रमणीय बनाएको छ।

रंगशाला तयार भएसँगै मकवानपुर जिल्लाका क्रिकेट प्रतिभाहरूलाई अभ्यास र प्रतियोगिताको स्थायी पूर्वाधार उपलब्ध हुनेछ। साथै, भविष्यमा प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.