ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

डिसी नेपाल
४ साउन २०८२ २१:४२
132
Shares

राजविराज (सप्तरी) । सप्तरीको राजगढ गाउँपालिका३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले मण्डलको घरमा लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोलीले मण्डलको घर खानतलासी गर्दा निर्माणाधीन शौचालयबाट दुई बोरा, गाईगोठबाट एक बोरा र घरनजिकको बाँसको झ्याङबाट नौ बोरा गाँजा बरामद गरेको हो।

प्रहरीले घटनास्थलबाट ४१ वर्षीया रेखाकुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अडागी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.