धरहरा चढ्ने दोब्बरले बढे

डिसी नेपाल
४ साउन २०८२ २१:५६
40
Shares

काठमाडौं। धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ। यही साउन १ गतेदेखि बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुल्ला गरिएको छ।

समय थप भएपछि यहाँ आउनेको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए। बिहान ८ देखि बेलुकी ७ बजेसम्म टिकट खुल्छ। समय थप हुँदा निकै राम्रो भएको छ। यहाँ आउनेहरू विगतमा निकै बढेका छन्, उनले भने।

त्यसअघि दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म मात्र धरहरा खुला हुने गरेको थियो। त्यसबेला दैनिक करिब एक हजार २०० ले अवलोकन गर्ने गरेकामा पछिल्लो तीन दिनमा आठ हजार ६३८ जनाले अवलोकन गरेका छन्।

साउन १ गते दुई हजार ५००, २ गते दुई हजार ६३१ र ३ गते तीन हजार ५०७ जनाले धरहरा अवलोकन गरेका राईले बताए। उनका अनुसार साउन १ देखि ३ गतेसम्ममा रु १५ लाख ५६ हजार ६५० सङ्कलन भएको छ।

विसं २०८१ मङ्सिरदेखि २०८२ असार मसान्तसम्ममा रु पाँच करोड १२ लाख ६२ हजार ९९५ सङ्कलन भएको एकाइले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.