विङ्गर भ्यानको ठक्करबाट महिलाको मृत्यु
कटारी (उदयपुर)। यहाँको कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आज त्रियुगा नगरपालिका–४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका–८ झोडामा ठक्कर दिएको थियो। झोडामा यात्रु ओरालेर र चढाइसकेपछि अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको थियो।
ठक्कर पश्चात गम्भीर घाइते दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएकोमा साँझ उपचारकै क्रममा मृत्यु भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment