मौसम पूर्वानुमान : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
७ साउन २०८२ ७:०९
156
Shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जानकारी दिएको छ।

जसका कारण हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *