बुदोकैदो टोली आज अजबैजान जाने

डिसी नेपाल
८ साउन २०८२ ८:४६
28
Shares

काठमाडौं। विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाँदै छ ।

७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको हो । साउन ८ देखि १२ गतेसम्म हुने प्रतियोगितामा ५ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्ने छन्। महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्कीले खेल्ने छन् ।

प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा रजिम शाही, अफिसियलमा सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायकमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.