टी-ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित

डिसी नेपाल
९ साउन २०८२ ७:१३
60
Shares

काठमाडौं। टी-ट्वान्टी आई सिरिजमा पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको सान्त्वना जित हासिल गरेको छ।

ढाकास्थित शेरे बंग्ला क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७४ रनले हराएको हो।

१ सय ७९ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.४ ओभरमा १ सय ४ रनमा समेटियो। बंगलादेशका मोहम्मद सैफुद्दिनले ३४ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३५ रन जोडे।

ओपनर मोहम्मद नइम १० रनमा आउट हुनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

पाकिस्तानका लागि सलमान मिर्जाले ३, मोहम्मद नवाज र फहिम असरफले समान २ तथा हुसेन तलत, सलमान आगा र अहमद दानियालले समान १ विकेट लिए।

त्यसअघि शेरे बंग्ला क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो।
पाकिस्तानका साहिबजाद फर्हानले ४१ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय इनिङ खेले।

हसन नवाज १७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३३ रनमा आउट भए। सइम अयुब २१, मोहम्मद नवाज २७ रनमा आउट हुँदा कप्तान सलमान आगा १२ रनमा अविजित रहे।

बंगलादेशका तस्किन अहमदले ३, नसुम अहमदले २ तथा मोहम्मद सैफुद्दिन र सरिफुल इस्लामले समान १ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.