‘पासवर्ड’ १२ देशमा एकसाथ प्रदर्शन हुने
काठमाडौं। यहि भदौ २७ गतेदेखि अलनेपाल रिलिज हुने चलचित्र ‘पासवर्ड’ले विदेशको रिलिज क्यालेन्डर सार्वजनिक गरेको छ।
नेपालमा रिलिज भएको दुई साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपमा एकै दिन चलचित्र रिलिज हुनेछ।
सह–निर्माता अजित के आर थापाले दिएको जानकारी अनुसार सेप्टेम्बर २७ अर्थात असोज १० गतेदेखि १२ देशका विभिन्न २४ शहरमा प्रदर्शन हुनेछ।
अमेरिकाको टेक्सास, क्यालिफोर्निया र कोलोराडोमा प्रदर्शन हुने चलचित्र भारतको दार्जिलिङ, सिलिगुरी र सिक्किममा पनि रिलिज हुनेछ। यस्तै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थ, युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबु धावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा सिनेमा रिलिज हुने निर्माण टिमले जनाएको छ।
एक्सनप्रधान चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय छ। चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य तथा अभिनय गरेकी छन्। जसको कारण शुरुदेखि नै यो चलचित्र चर्चामा छ।
चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन्।
ट्रेलरमा देखिए अनुसार चलचित्र नेपालबाट चोरिएर लण्डन पुर्याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा आधारित छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment