जनकपुरको कटैयाचौरी नजिक एक किशोरीको हत्या, दुई जना घाइते
जानकपुर। जनकपुरधाम उपमहानगरपालिका-४ स्थित कटैयाचौरी नजिक गएराति धारिलो हतियार प्रहारबाट एक किशोरीको हत्या भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।
हतियार प्रहारबाट १४ वर्षीया अञ्चली यादवको ज्यान गएको हो। उनी ३६ वर्षीया आशा यादवकी छोरी हुन्। घटनामा आशा यादव पनि घाइते भएकी हुन्।
त्यस्तै उनको भतिजी राधा यादव पनि घाइते भएकी छन्। घाइते दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ।
मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना राति करिब ११ बजेतिर भएको हो। अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अहिले घटनाको अनुसन्धान तीव्र पारिएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment