ट्रम्पले मेक्सिकोलाई कर लगाउने योजना ९० दिनलाई स्थगित गरे

डिसी नेपाल
१६ साउन २०८२ १२:०१
40
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि कर लगाउने समयसीमा ९० दिन थप गरेका छन्।

डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “मेरो मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमसँग टेलिफोन वार्ता भयो। ९० दिन भित्र व्यापार सम्झौतामा पुग्ने सहमति भयो।”

डोनाल्ड ट्रम्पले लेखे “दुई देशहरू बीच सम्झौता नभएसम्म फेन्टानिलमा २५ प्रतिशत, कारहरूमा २५ प्रतिशत र स्टील, आल्मुनियम र तामामा ५० प्रतिशत भन्सार पहिले जस्तै जारी रहनेछ।”

उनले भने, “यससँगै, अमेरिका र मेक्सिको बीचको व्यापार समस्याको तत्काल समाधान गर्ने सम्बन्धमा पनि वार्तामा सहमति भएको छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेपछि मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले एक्समा पोस्ट गरिन् ।

उनले लेखिन्, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हाम्रो धेरै राम्रो कुराकानी भयो। हामीले घोषणा गरिएको कर वृद्धि स्थगित गर्यौं र वार्ताको आधारमा सम्झौतामा पुग्न ९० दिन समय थप्यौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.