राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानविन सुरु

डिसी नेपाल
१८ साउन २०८२ ७:०७
252
Shares

काठमाडौं। राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउन नेतृत्व गरेका पूर्व विशेष सल्लाहकार ज्याक स्मिथमाथि छानवीन हुने भएको छ।

पदबाट राजीनामा दिएका उनलाई अफिस अफ स्पेसल काउन्सिल (ओसिएस)ले छानबीन अघि बढाउने भएको हो।

ट्रम्पले कागजातको दुरुपयोग गरेको तथा सन् २०२० को निर्वाचनलाई प्रभावका पार्न खोजेको आरोपमा छानवीन गर्न स्मिथलाई सन् २०२२ मा विशेष सल्लाहकार चयन गरिएको थियो।

सन् २०२४ को निर्वाचनलाई समेत प्रभावमा पार्न प्रयास गरेको आरोपसहित आरन्कासका रिपब्लिक सिनेटर टम कटनले ओसिएसलाई छानवीन गर्न भने पछि योक्रम सुरु भएको हो।

यसअघि राष्ट्रपति ट्रम्पमाथि लगाइएको दुवै आरोप गलत भएको तथा राजनीतिक पूर्वाग्रहका कारण भएको दाबी गर्दै आसिएसले सम्मान गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.