देश बनाउन सबै दल मिल्नुको विकल्प छैन : ज्ञानेन्द्र शाही (भिडियो)
भर्जिनिया। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले देश बनाउन सबै दल एक ठाउँमा आउनु पर्ने बताएका छन्।
उनले सबै दलको मुख्य उद्देश्य देश बनाउने भएको उल्लेख गर्दै देश बनाउने विषयमा सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन्।
अमेरिकाको भ्रमणमा रहेका सांसद शाहीले डिसी नेपालका लागि कविन्द्र सिटौलासँग विशेष सम्वाद गर्दै यतिबेला नराम्रा शक्ति मिलेर तर राम्रा दल र शक्ति मिल्न नसकेको भन्दै मुलुक बनाउने विषयमा राम्रा शक्तिहरु एक ठाउँमा आउनुको विकल्प नरहेको बताएका हुन्।
साथै उनले विदेशमा लामो समय बसेर ज्ञान र सिप आर्जन गरेका नेपालीहरु मातृभूमिको सेवा स्वदेश फर्किनु पर्नेमा पनि जोड दिएका छन्।
उनले अहिलेको निर्वाचन प्रणाली निकै खर्चिलो भएको उल्लेख गर्दै कम खर्चिलो निर्वाचन प्रणालीका लागि खर्च कटौटी गर्नु पर्नेमा जोड दिए।
सांसद शाहीसँग अमेरिकामा कविन्द्र सिटौलाले गरेको भिडियो संवाद
No ads found for this position



डिसी नेपाल
Facebook Comment