बहुविवाहको कानुनबारे संसदलाई जानकारी गराउन माग
काठमाडौं। नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक र गैर कानुनी विषय भएको भन्दै यस्तो संवेदनशिल विषयमा कानुन मन्त्रालयले संसदलाई जानकारी गराउनुपर्ने धारणा राखिन्।
उनले भनिन्,‘बहुविवाहलाई कानुनी मान्यता दिने भन्ने सन्देश बाहिर प्रवाह भएको छ। जुन हरेक व्यक्तिको चासोको विषय बनेको छ। म यस विषयमा कानुन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। बहुविवाह नेपाली समाजमा सामाजिक मान्यता अनुरुप हेर्ने हो भने असामाजिक विषय हो भने कानुनी विषयमा हेर्ने हो भने गैर कानुनी विषय हो। यस्तो संवेदनशिल विषयमा कानुन संशोधन र निर्माण हुँदा र कानुन निर्माणको प्रकृयामा अगाडि बढ्दा संवेदनशिल हुन र सामाजिक रुपमा उठेका विषय के हो मन्त्रीज्यूलाई सदनमा जवाफ दिन आग्रह गर्छु।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment