कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते हुने

डिसी नेपाल
१९ साउन २०८२ १८:५२
608
Shares

काठमाडौं। कक्षा १२ को ग्रेड वृद्धि अर्थात पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने बताए।

सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

गत बैशाख २१ गतेदेखि संचालन भएको परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए।

त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *