मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो: रवीन्द्र ढाँट

डिसी नेपाल
१९ साउन २०८२ १९:०५
876
Shares

काठमाडौं। भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँट स्वदेश फर्किएका छन्। उनी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। रवीन्द्रको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए।

स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा आफैं हटेर गएको बताए। उनले देशवासीहरुको लागि अझै यो भन्दा धेरै राम्रो खेल्नुपर्ने बताए।

उनले भने, ‘खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा हुँदैन रहेछ। भित्र छिरेपछि जुध्ने हो, लड्ने हो जसरी नि ढाल्ने हो भन्ने सोचले गएको थिए। सरकारलाई केही भन्दिन। यत्रो माया गर्ने दर्शक हुनुहुन्छ। दर्शकहरु र फ्यानहरुको लागि अझै धेरै राम्रो गर्न मन छ। देशवासीहरुको लागि मैले अझै यो भन्दा धेरै राम्रो गर्न आवश्यक छ।’

ढाँट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए। आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृंखलालाई भंग गरिदिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.