‘मानसिक समस्या निराकरणका लागि ध्यान र योग प्रभावकारी’
बनियानी (झापा)। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानसिक समस्या समाधानका लागि ध्यान र योग प्रभावकारी हुने बताएका छन्।
यहाँको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित ओशो मधुवन ध्यान योग आश्रमको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आधुनिक जीवनशैली र मानसिक दबाबका कारण डिप्रेसन, चिन्ताजस्ता समस्या बढिरहेका बेला सोको समाधानका लागि ध्यान र योग प्रभावकारी हुने बताए।
‘बालबालिकालाई बाल्यकालदेखि योग, ध्यान र आचरणको अभ्यास गराउन जरुरी छ’, उनले भने, ‘यसो गर्न सकिए भविष्यमा बालबालिकामा देखिन सक्ने मानसिक समस्या न्यूनीकरण गर्न मद्दत मिल्छ।’
ओशो मधुवन ध्यान योग आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियाजन गरेको र थप सहयोगका लागि पहल गर्ने आश्वासन उनले दिए। विक्रम संवत् २०७४ मा स्थापना भएयता ओशो मधुवन ध्यान योग आश्रमले ध्यान, योग र साधना प्रवर्द्धनमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।







डिसी नेपाल







Facebook Comment