एमालेले टुंगो लगायो वागमती प्रदेश सरकार पठाउने मन्त्रीहरुको नाम
हेटौंडा। नेकपा एमालेले वागमती प्रदेश सरकारमा पठाउने नयाँ मन्त्रीहरुको नाम टुंगो लगाएको छ। कांग्रेसका इन्द्र बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लागेको हो।
एमाले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो। जसमध्ये एक जना मन्त्री दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ।
दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर छन्। उनी सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन्।
एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरण मन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा.दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment