पहिरोले पाल्पाका थुप्रै सडक अवरुद्ध
तानसेन । वर्षाका कारण पाल्पाका थुप्रै सडक अवरुद्ध भएका छन्। पहिरोले राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका हुन्।
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको सिद्धवावा क्षेत्रमा ढुंगासहितको पहिरोले सडक अवरुद्ध भएको छ।
सोमबारदेखि खसेको पहिरोले सिद्धबाबा क्षेत्रमा सडक खुल्ने र बन्द हुने भइरहेको प्रहरीले जनाएको छ। मंगलबार बिहानैदेखि सिद्धबाबा क्षेत्रमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ।
सिद्धबाबा मन्दिर नजिकै सडकमाथिबाट ठूलो चट्टान र माटोसहितको पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरुद्ध भएको हो। वर्षा रोकिएपछि मात्र पहिरो पन्छाई सडक खुलाउने दोभान प्रहरी चौकीले जनाएको छ। यसैगरी आर्यभञ्ज्याङ्ग रामपुर सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ।
तानसेन तम्घास सहायक राजमार्गको हार्थोक रिडी सडक खण्डको माल्मुङमा पनि पहिरोले खसेको छ। वर्षा जारी नै रहेकाले पहिरोको जोखिम कायमै रहेको भन्दै प्रहरीले यात्रा गर्दा उच्च सतर्क अपनाउन आग्रह गरेको छ।







डिसी नेपाल







Facebook Comment