पाँच दिनदेखि हराएका दाजुबहिनी खोलामा शव फेला

डिसी नेपाल
२० साउन २०८२ १२:३४
1.0k
Shares

विराटनगर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका१ च्याङथापुबाट पाँच दिनअघि हराएका नौं वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहान विरुवा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

शुक्रबार बिहान हजुरबुबाहजुरआमा बस्ने घरतर्फ हिँडेका दाजुबहिनी त्यसैदिनदेखि सम्पर्कविहीन रहेका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले नेपाल न्यूज बैंकलाई दिएको जानकारी अनुसार अहिलेसम्मको अनुसन्धानमा खोलाले बगाएको प्रकृति देखिएको छ। यद्यपी थप अनुसन्धान भइरहेको उनले बताए।

बालबालिका हराएको खबर पाएपछि प्रहरी चौकी च्याङथापु, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीयवासी लगातार खोजीमा जुटेका थिए।

चार दिनको खोजीपछि मंगलबार बिहान खोलाको किनारमा उनीहरूको शव भेटिएको हो। शव फेला परेपछि यतिवेला गाउँ नै शोकमा डुबेको छ। शिशिर र नानुमा गाउँकै पूर्ण आधारभूत विद्यालयका विद्यार्थी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *