कुलिङ अफ पिरियड: ठूला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न सकेन : रोशन कार्की
काठमाडाैं। राप्रपा सांसद एवं कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित बिशेष समितिका सदस्य रोशन कार्कीले ठूला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको बताएकी छन्।
बिशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले ठूला दलका दम्भका कारण चाहेको जस्तो निष्कर्ष निकाल्न नसकिएको बताएकी हुन्।
उहाले प्रतिवेदनमा नैतिकता भन्ने शव्द राख्ने बिषयमा सहमति जुट्न नै दुई दिन लागेको उल्लेख गरिन्। नैतिकता भन्ने शव्दसँग ठूला दल डराएपछि त्यसलाई राख्न समितिभित्रै माओवादी, रास्वपा र राप्रपाले ठूलो दवाव दिनुपरेको उनको भनाइ छ।
कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कांग्रेस सभापति र कर्मचारीको दवावले कुलिङ अफ पिरियड चलखेल गरेको पाइएको समेत बताइन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment