शिक्षकका लागि छुट्टै सेवा ऐन आवश्यक : मुख्यमन्त्री कार्की

डिसी नेपाल
२० साउन २०८२ १८:२२
36
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिक्षा प्रणालीमा सुधार ल्याउन शिक्षकको सेवा सुविधा र शैक्षिक क्षेत्रका विषय छुट्टै कानुनमार्फत व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन्।

१२ कक्षा परीक्षाको नतिजा सार्वजनिक भएसँगै प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले शिक्षा सुधारका लागि केवल परीक्षाफललाई आधार मानेर मूल्याङ्कन गर्नु पर्याप्त नहुने बताएका हुन्।

मुख्यमन्त्री कार्कीले शिक्षकहरूको सेवा, पारिश्रमिक, स्थायित्व र सुरक्षाका विषय छुट्टै ढंगले सम्बोधन नगरेसम्म सुधार सम्भव नहुने तर्क गरे।

देशभर देखिएको ‘ब्रेन ड्रेन’ न्यूनीकरणका लागि व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने धारणा पनि राखेका मुख्यमन्त्री कार्कीले शिक्षा प्रणाली सुधारका नाममा बहसहरू सीमित दायराभित्र समेटिएको भन्दै शैक्षिक नीतिमा दीर्घकालीन दृष्टिकोणको खाँचो औंल्याएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *