बंगलादेशमा आगामी फेब्रुअरीमा चुनाव हुने सम्भावना

डिसी नेपाल
२१ साउन २०८२ १०:११
24
Shares

काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा चुनाव गर्ने मिति उल्लेख गरे।

उनले प्रमुख निर्वाचन आयुक्तलाई पत्र लेखेर अर्को वर्ष रमजान अघि फेब्रुअरीमा चुनाव गराउन अपील गर्ने बताए।

बंगलादेशमा शेख हसिनाको सरकारको पतनको एक वर्ष पूरा भएको अवसरमा मोहम्मद युनुसले राष्ट्रलाई सम्बोधन गर्दै थिए।

५ अगस्ट २०२४ मा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सत्ता छोड्नुपरेको थियो। यसको एक वर्ष पूरा भएको अवसरमा हजारौं मानिसहरूले विभिन्न जुलुसमा भाग लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *