बलुचिस्तानमा बम विस्फोट, पाकिस्तानी सेनाका मेजरसहित तीन जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा मंगलबार राति भएको बम विस्फोटमा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। घटना कुर्दगाप तहसीलको काली पासन्द खान नजिक भएको हो।
बीबीसी उर्दूसँग कुरा गर्दै एक वरिष्ठ प्रशासनिक अधिकारीले भने, “अज्ञात हतियारधारी व्यक्तिहरूले यहाँ विस्फोटक पदार्थ राखेका थिए।” उनका अनुसार सुरक्षा बलका सवारी साधनहरू त्यहाँबाट गुज्रिरहेको बेला विस्फोट भएको थियो।
विस्फोटमा एक सैन्य गाडी ठोक्किएको थियो, जसमा एक सेनाका मेजर र अन्य दुई सैनिकको मृत्यु भएको थियो। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
पाकिस्तानी सेनाको मिडिया शाखा, आईएसपीआरले यस आक्रमणको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन।
यस आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment