चलचित्र कलाकार संघले पायो पूर्णता, मनोनित निरदेखि आँचलसम्मलाई गरियो स्वागत तथा सम्मान

डिसी नेपाल
१९ भदौ २०७६ १२:१७

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको कार्यसमितिले पूर्णता पाएको छ। संघमा नयाँ नेतृत्व आएको झण्डै तीन महिनापछि कार्यसमितिले पूर्णता पाएको हो। बुधबार संघले राजधानीमा एक कार्यक्रम गर्दै पूर्ण कार्यसमितिको घोषणा तथा मनोनित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

संघको विधानअनुसार मनोनित गरिएका संरक्षक वरिष्ठ अभिनेता निर शाह, सल्लाहकार आजिवन सदस्यहरु दिनेश डिसी र मधु कुमार श्रेष्ठ, उपाध्यक्ष वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, सदस्यहरु नायक विशाल विष्ट, अभिनेत्री आँचल शर्मा, कलाकार रामेश्वर बुर्लाकोटी, कानुनी सल्लाहकार शम्भुप्रसाद निरौला तथा प्रेस संयोजकमा संचारकर्मी सूर्य चन्दलाई स्वागत तथा सम्मान गरिएको हो।

संघका अध्यक्ष रविन्द्र खड्काको सभापतित्वमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु तथा पदेन सल्लहाकारहरु वरिष्ठ अभिनेता कृष्ण मल्ल, रमेश बुढाथोकी, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, वरिष्ठ अभिनेता नवल खड्का लगायतका विशिष्ठ चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो।

संघले यहि भदौं २३ गते ३२ औं स्थापना दिवस मनाउँदैछ। कार्यक्रममा सोको तयारीबारे समेत छलफल गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *