कृषि मन्त्री खनाललाई डेंगु संक्रमण, अस्पताल भर्ना
काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ। मन्त्री खनाललाई डेंगु संक्रमण देखिएपछि राजधानीको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।
रगत जाँचका क्रममा डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाललाई बुधबार ग्राण्डी अस्पताल भर्ना गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
राजधानी बाहिर रहेका मन्त्री खनाल गत शुक्रबार राजधानी फर्किएका थिए। सामान्य रुघा खोकी लागेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मन्त्री खनालको रगत परीक्षण गरिएको थियो।
परीक्षणमा डेंगु भएको पुष्टि भएपछि उनलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment