हिमानी सुब्बाले काटिन् पोशाक बुटिकको रिबन
काठमाडौं। शनिबार अपरान्ह राजधानीको कपन फैकामा पोशाक फेसन बुटिकको उद्घाटन भएको छ।
चर्चित फेशन कोरियोग्राफर एवं हिमालयन मुभिज कि फाउन्डर डाइरेक्टर हिमानी सुब्बाले रिबन काटेर सो बुटिकको उद्घाटन गरेकी हुन्।
विगत केही वर्षदेखि यस क्षेत्रमा रहेकी फेसन डिजाइनर एवं क्यापिटल क्विन नेपाल २०२५ की उपविजेता अनिता लामाले संचालनमा ल्याएको सो बुटिकमा सबै प्रकारका लेडिज आउटफिटहरु उपलब्ध रहेको संचालक लामाले बताइन्।
कोरियोग्राफर हिमानीले राजधानीमा नयाँ नयाँ फेसन ट्रेण्ड आइरहेको समयमा पोशाक बुटिकले एक नयाँ आयाम थप्न मद्दत गर्ने आफू विश्वस्त रहेको र नेपालीहरुको फेसन सम्बन्धी सचेतना आजकल बढ्दै गएकोसमेत बताइन्।
पोसाक फेसक बुटिकले साताभरीनै ओपनिङ अफर ल्याएको संचालक पक्षले जानकारी गराएको छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment